ADD FOR WEBSIDE ADD FOR WEBSIDE
ललितपुर मेयर कप :

ललितपुर मेयर कपमा आज दुई खेल  

बिहीबार, जेठ ३, २०८१

काठमाडौँ : ललितपुर मेयर कप टि–२० महिला क्रिकेटमा बिहिबार दुई खेलहरु हुने भएका  छन् । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा बिहान ९ः३० बजे हुने खेलमा सशस्त्र प्रहरीको एपिएफ र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

लिगचरणको अन्तिम खेल खेल्न लागेको एपिएफ फाईनल पुगिसकेको छ । एपिएफलाई हराएमा सुदुरपश्चिम पनि एक खेल अगावै फाईनल पुग्ने समिकरण छ । बिहिबार दिउँसो १ः३० बजे हुने अर्को खेलमा कोशी र ललितपुर -११ बीच प्रतिस्पर्धा हुँदैछ ।

तेस्रो स्थानको ललितपुर कोशीलाई हराउँदै दोस्रो जित निकाल्न चाहान्छ ।कोशी भने अहिले सम्म जित बिहिन छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०५:००
प्रतिक्रिया दिनुहोस्