सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–२० सिरिजमा नेपालले लगातार पाँचौ हार ब्यहोरेको छ ।
आज भएकोखेलमा नेपाल नेदरल्यान्ड्ससंग १० विकेटले पराजित भएको हो । जितकालागि नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्डस्ले १९.४ ओभरमा बिना विकेटको क्षतिमा भेटायो । स्टेरे कालिसले र फेबे मोल्केनबोअरले शतकिय साझेदारी गर्दै नेदरल्याण्डस्लाई जित दिलाईन् । कालिसले ९८ तथा फेबेले नटआउट ४८ रन बनाईन् ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । नेपालकालागि पूजा महत्वले किर्तिमानी ब्याटिङ गर्दै सर्वाधिक ६२ रन जोडिन् ।
अन्तराष्ट्रिय सिरीजमा अर्धसतक प्रहार गर्ने उनी पहिलो नेपाली महिला खेलाडी बनेकी छन् । कप्तान इन्दु वर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रन बनाइन् ।
खेलका चार ओटै खेलमा हार ब्यहोरेको नेपाल उपाधि होडबाट भने बाहिरिसकेको छ ।