HAPPY NEW YERA HAPPY NEW YERA

न्युजिल्याण्डसंग पाकिस्तान पराजित 

आइतबार, माघ २७, २०८१

काठमाडौँ : पाकिस्तान,दक्षिण अफ्रिका र न्युजिल्याण्ड सम्मिलित एकदिवसीय त्रिकोणात्मक अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टोली  पराजित भएको छ।

शनिबार भएको खेलमा घरेलु टोली पाकिस्तान न्युजिल्यान्डसँग ७८ रनले पराजित भएको हो । जितका लागि न्युजिल्याण्डले दिएको ३३१ रनको लक्ष्य पछाएको पाकिस्तानले ४७.५ ओभरमा सबै विकेट गुमाउँदै २५२ रन मात्र बनाउन सक्यो पाकिस्तानका लागि फकर जमानले ८४ रनको अर्धशतकीय पारी खेल्दै जित दिलाउने प्रयास गरे पनि सफल हुन सकेनन्। 

सलमान आगाले ४० ,तैयव ताहीरले ३० तथा अबरर अहमदले २३ रन जोडे पनि अन्य ब्याटलले राम्रो प्रदर्शन गर्न सकेनन् । बाबर आजम १० रनमा आउट हुँदा कप्तान मोहम्मद रिजवानले ३ रन मात्रै जोड्न सफल भए ।

त्यसअघि लाहोरको गद्दाफी स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३३० रनको विशाल योगफल तयार पारेको थियो । उसका लागि ग्लेन फिलिपले शतकीय पारी खेल्दै सर्वाधिक १०६ रनको योगदान गरे। १०६ बलको सामना गरेका उनले ७४ बलको सामना गरेका उनले ६ चौका र सात छक्का हिर्काएका थिए। ड्रयारेल मीचेलले ८१ रन बनाउँदा केन विलिमसनले ५८ रन जोडेका थिए ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ०९:०७
प्रतिक्रिया दिनुहोस्