HAPPY NEW YERA HAPPY NEW YERA

अर्जुन ट्रफी : फाइनल पुग्न अत्तरिया र धनगढी भिड्दै

आइतबार, माघ २७, २०८१

काठमाडौँ :धनगढीमा जारी अर्जुन ट्रफी टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज सीवाईसी अत्तरिया र डिसिए धनगढी बीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोली बीचको खेल दिउँसो सवा १२ बजे फाप्ला क्रिकेट ग्राउन्डमा हुनेछ । आजको विजेताले फाइनलमा स्थान बनाउनेछ । यसअघि भएको पहिलो सेमिफाइनलमा बुटवललाई हराउँदै डडेलधुरा फाइनलमा पुगिसकेको छ ।

आजको विजेताले उपाधिकालागि डडेलधुरासंग खेल्नेछ । 
 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ०९:२१
प्रतिक्रिया दिनुहोस्