HAPPY NEW YERA HAPPY NEW YERA

अत्तरिया अर्जुन ट्रफी क्रिकेटको फाइनलमा 

आइतबार, माघ २७, २०८१

काठमाडौँ :सिवाइसी अत्तरिया अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेटको  फाइनलमा पुगेको छ ।

आज भएको दोस्रो सेमिफाइनलमा डिसिए धनगढीलाई ६ विकेटले पराजित गर्दै अत्तरियाले फाइनलमा स्थान सुरक्षित गरेको हो । जितका लागि धनगढीले दिएको १०९ रनको लक्ष्य अत्तरियाले १८ ओभरमा चार विकेट क्षतिमा भेट्टायो ।

अत्तरियाको जितमा शङ्कर रानाले अर्धशतकीय पारी खेल्दै नटआउट ५६ रन जोडे । दिपेश कँडेलले २४, भीम सार्कीले १६ तथा विकेब यादब १२ रनमा अविजित रहे । बलिङतर्फ धनगढीका हिक्मत महराले दुई, तथा ललित राजवंशी र भोजराज भट्टले एक-एक विकेट हात पारे ।

त्यसअघि फाप्ला क्रिकेट ग्राउण्डमा टस जितेर ब्याटिङ थालेको धनगढीले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै १०८ रन बनाएको थियो । उसकालागि मिलन बोहराले सर्वाधिक २८ रनको योगदान गरे ।

अभिषेक पलले २७,दिपेन्द्र सिं ऐरीले १५ तथा राहुल भण्डारीले १३ रन बनाए ।ललित राजवंशी,हिक्मत महरा र कप्तान नाराण जोशीले खाता नै खोल्न सकेनन् । बलिङतर्फ बिबेक यादब र कमल गुप्ताले समान दुई विकेट हात पारे ।

अत्तरियाले अब उपाधिकालागि भोली फ्रेण्डस् युथ क्लब डढेलधुरासंग प्रतिस्पर्धा गर्नेछ । 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्