HAPPY NEW YERA HAPPY NEW YERA

इङ्लिस टोलीले भारतलाई दियो ३०५ रनको चुनौतिपूर्ण लक्ष्य

आइतबार, माघ २७, २०८१

काठमार्डौ :भारतविरुद्धको दोस्रो एकदिवशीय क्रिकेटमा इङ्लिस टोलीले जितकालागि ३०५ रनको चुनौतिपूर्ण लक्ष्य पेश गरेको छ ।

बाराबाटी रंगशाला कटकमा टस जितेर पहिले ब्याटिङ थालेको इङ्ग्ल्याण्डले १९.५ ओभरमा सवै विकेट गुमाउँदै ३०४ रन बनायो । उसकालागि जो रुटले सर्वाधिक ६९ रनको योगदान गरे । बेन डकेटले ६५, लियाम लिभिङस्टोनले ४१ तथा कप्तान जस बटलरले ३४ रन बनाए ।ह्यारी ब्रुकले ३१ तथा पिल साल्टले २६ रन जोडे ।

वलिङतर्फ रविन्द्र जडेजाले सर्वाधिक ३ विकेट लिए । मोहम्मद सामी, हर्षित राना,हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले एक एक विकेट हात पारे ।

इङलिस टोली आज भारतलाई हराउँदै सिरिज १–१ को बराबरी गर्ने योजनामा छ ।

पहिलो खेलमा भारत ४ विकेटले विजयी भएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्