ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आईपिएल :

पञ्जावसंग हार्‍यो राजस्थान

बिहीबार, जेठ ३, २०८१

काठमाडौ :ईण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा दोस्रो स्थानको राजस्थान रोयल्स पञ्जाबसंग किङ्ससंग पराजित भएको छ । गुवाहाटीमा भएको ६५ औं खेलमा पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।

जवाफमा पञ्जाबले ८ ओभरमा ४८ रन बनाउँदा ४ विकेट गुमाईसकेको थियो । यस्तो अबस्थामा राजस्थानले यो खेल सजिलै जित्ने अनुमान गरिएपनि नतिजा ठिक उल्टो निस्कियो ।

साम करनले ४१ बलमा ६३ रनको अविजित इनिङ खेलेपछि खेल तालिका नै परिवर्तन बन्यो । पञ्जाबले सात बल बाँकी छँदै ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । राजस्थानको यो लगातार चौथो हार हो ।

यसअघि नै प्लेअफ पुगिसकेको राजस्थान शिर्ष दुईमा पर्ने सम्भावाना निकै कम छ । जितसंगै प्लेअफबाट बाहिरिसकेको पञ्जाव अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा उक्लिएको छ । बिहिबार सनराईजर्स हैदराबाद र गुजरात टाईटन्सबीच प्रतिस्पर्धा हुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०६:३८
प्रतिक्रिया दिनुहोस्