HAPPY NEW YERA HAPPY NEW YERA

अर्जुन ट्रफी :अत्तरियाले डढेलधुरालाई दियो ११९ रनको चुनौति

सोमबार, माघ २८, २०८१

काठमाडौँ :अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेटको उपाधि जित्न सिवाइसी अत्तरियाले फ्रेण्डस् युथ क्लब डढेलधुरासामु ११९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

फाप्ला क्रिकेट ग्राउण्डमा टस जितेर ब्याटिङ थालेको अत्तरियाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनायो । उसकालागि राशिद खानले सर्वाधिक ३१ रनको योगदान गरे ।

शंकर राना र कप्तान सन्तोष कार्कीले समान २०–२० रन जोड्दा सन्दीप क्षेत्रीले १२,बिवेक यादबले ११ तथा भिम सार्कीले १० रन जोडे । बलिङतर्फ अभिषेक गौतमले सर्वाधिक ४ विकेट लिए ।

पहिलो सेमिफाइनलमा डढेल्धुराले बुटवललाई हराउँदा डिसीए धनगढीलाई पराजित गर्दै अत्तरिया फाइनलमा पुेगको हो ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्