HAPPY NEW YERA HAPPY NEW YERA

डढेलधुरालाई हराउँदै अत्तरिया अर्जुन ट्रफीको च्याम्पियन

सोमबार, माघ २८, २०८१

काठमाडौँ : सिवाइसी अत्तरिया अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेटको च्याम्पियन बनेको छ ।

आज भएको फाइनलमा फ्रेण्डस् युथ क्लब डढेलधुरालाई ३४ रनले हराउँदै  अत्तरिया च्याम्पियन बनेको हो । जितकालागि ११९ रनको लक्ष्य पछ्याएको डढेल्धुरा दुई ओभर बाँकी छँदै ८४ रनमा अलआउट हुन पुग्यो ।

उसकालागि गजेन्द्र बोहराले सर्वाधिक २४ रन बनाएका थिए । कुशल भुर्तेलले २० तथा अशोक धामीले ११ रन बनाएपनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर सुरुवाती ब्याटिङ थालेको अत्तरियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

अत्तरियाका लागि राशिद खानले सर्वाधिक ३१ रनको योगदान गरे । शंकर राना र कप्तान सन्तोष कार्कीले समान २०–२० रन बनाए । 
 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्