सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :न्यूजल्याण्ड पाकिस्तानमा जारी अन्तर्राष्ट्रिय एकदवसीय क्रिकेट श्रृङ्खलाको फाइनलमा प्रवेश गरेको छ।
साेमवार भएको खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगेको हो। जितका लागि दक्षिण अफ्रिकाले दिएको ३०५ रनको लक्ष्य पछाएको न्युजिल्यान्डले आठ बल बाँकी सबै चार विकेटको क्षतिमा उक्त लक्ष्य पुरा गरेको हो। न्युजिल्यान्डको जितमा केन विलियमसनले विस्फोटक ब्याटिङ गर्दै शतकीय पारी खेले ।
११३ बलको सामना गरेका उनले १३ चौका र दुई छक्काको मद्दतमा सर्वाधिक १३३ रनमा अभिजित रहेका थिए। डेभन कन्वेले ९७ रन जोडेका थिए। त्यसअघि त्यसअघि पाकिस्तानको गद्दाफी स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ३४ रन बनाएको थियो।
उसका लागि म्याथ्यू ब्रिज्कीले १५० रनको सर्वाधिक पारी खेलेपनि जितकालागि पर्याप्त भएन । दक्षिण अफ्रिका,न्यूजल्याण्ड र पाकिस्तान सम्मिलत सिरजमा पाकिस्तान र दक्षिण अफ्रिका जित विहिन छ । दक्षिण अफ्रिका र पाकिस्तानबीचको खेलको बिजेता फाइनलमा पुग्नेछ ।