सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : अखिल नेपाल फुटबलसंघ एन्फाले फोर नेशन्स कप महिला फुटबलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
एन्फाले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी फागुन ५ देखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामा नेपालसँगै किर्गिस्तान, म्यान्मार र लेबनान सहभागी हुनेछन् ।
प्रतियोगिताको ‘टिकेटिङ राइट’ एक करोड ३५ लाख र ‘ब्रोडकास्टिङ राइट’ ६६ लाखमा बिक्री भएको एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने प्रतियोगिताको टिकट दर ‘भिआइपी’तर्फ एक हजार र साधारण प्यारापिटतर्फ ५०० रुपैयाँ तोकिएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।