सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
धादिङ :धुनिवेशी नगरपालिकामा सञ्चालन भएको नगरपालिका स्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्डको उपाधी भुवनेश्वरी माध्यमिक विद्यालय हात पारेको छ ।
विभिन्न ५४ वटा पदकका लागि भएको प्रतियोगितामा भुवनेश्वरीले १७ स्वर्ण १२ रजत र ५ कास्य सहित प्रथम स्थान हाँसिल गरेको हो । यस्तै ७ स्वर्ण १० रजत ९ कास्य सहित मच्छिन्द्र माध्यमिक विद्यालय द्धितीय भएको छ ।
५ स्वर्ण ९ रजत ९ कास्य सहित महेशधर्म माध्यमिक विद्यालय तृतीय भएको छ । प्रतियोगितामा प्रथम, दृतिय र तृतिय भएका विद्यालय र सहभागी विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पदक जित्न सफल खेलाडी र विद्यालयलाई पदक, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई सम्मान गर्नुका साथै प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गर्न सफल विद्यालयलाई नगद सहित प्रशंसा पत्र प्रदान गरिएको छ ।
धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख सुरज उप्रेती, वडा नम्बर ५ का वडा अध्यक्ष विशाल भट्टराई ,वडा नम्बर ९ का वडा अध्यक्ष माधब प्रसाद सिलवाल लगायतको उपस्थिति रहेको थियो ।