ADD FOR WEBSIDE ADD FOR WEBSIDE

 भारतविरुद्ध इङ्ल्याण्ड सान्त्वना जितको खोजिमा 

बुधबार, माघ ३०, २०८१

काठमाडौँ :भारत र इङ्ल्याण्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय श्रृङ्खला आज हुँदैछ।

भारतको अहमदाबाद रङ्गशालामा नेपाली समयअनुसार दिउँसो १:१५ बजे हुने खेलमा भारत श्रृङ्खला क्लिन स्वीप गर्ने योजनामा हुनेछ । यस अघिका दुई खेलमा लगातार जित निकालेको भारत आज घरेलु मैदानमा पाहुना टोलीमाथि तेस्रो जित निकाल्दै श्रृङ्खला आफ्नो पक्षमा पार्ने रणनीतिका साथ मैदानमा उत्रन लागेको हो ।

पहिलो खेलमा चार विकेटको जित निकालेको भारतले दोस्रो खेलमा पनि समान चार विकेटकै जित निकालेको थियो। इङ्ल्याण्ड सान्त्वना जितको खोजिमा हुनेछ ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्