सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : त्रिकोणात्मक अन्तर्राष्ट्रिय एकदवसीय सिरिजको फाइनल प्रवेशका लागि आज पाकिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ।
पाकिस्तानको कराचीमा नेपाली समयअनुसार दिउँसो २:४५ मा हुने खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ। न्युजिल्यान्ड पाकिस्तान र दक्षिण अफ्रिका समावेश एकदवसीय सिरिजमा शतप्रतिशत जित निकाल्दै न्युजिल्यान्ड शीर्ष स्थानमा रहँदा पाकिस्तान र दक्षिण अफ्रिका जितविहीन रहेका छन्।
खेलेका दुवै खेलमा जित निकालेको न्युजिल्याण्ड फाइनलमा पुगिसकेको छ ।आजको विजेताले उपाधिका लागि न्यूजल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शुक्रवार हुनेछ ।