SONAM WEAR SONAM WEAR

चीनसंगको मैत्रीपूर्ण फुटबलकालागि नेपाली टोली घोषणा

बुधबार, माघ ३०, २०८१

काठमाडौँ :चीनीयाँ टोलीसंगको मैत्रीपूर्ण फुटबलकालागि नेपाली टोलीको घोषणा गरिएको छ ।

आगामी शनिवार दशरथ रंगशालामा हुने खेलकालागि प्रशिक्षक राजेश शाहीले  २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपाल र चीनको  युनान युथ फुटबल टिमसँग नेपालले मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

नेपाली युवाले चिनियाँ नयाँ वर्षको अवसरमा शनिवार दिउँसो २ः३० बजे राष्ट्रिय रंगशालामा मैत्रीपूर्ण खेल खेल्नेछन् ।

यस्तो छ नेपाली टोली

गोलकिपरः जियारथ शेख, कृषाल मोक्तान, विशाल केसी ।

डिफेन्डरः सेमन्त थापा, राम थापा, सविन घिमिरे, विशाल नेपाली, अश्विन घोरासैनी, विक्रम तामाङ ।

मिडफिल्डरः सरोज दारलामी, लक्षु थापा, कृष्ण आले, ओमप्रकाश, सविन लुंगेली, आशिष राई, विक्रम गौतम, धर्मेन्द्र कुँवर ।

फरवार्डः निरजन धामी, सुजन मगर, निरज कार्की, निरोज चौधरी, सिरब लो तामाङ, विज्ञान खड्का ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्