सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :च्याम्पियन्स ट्रफी २०२५ को लागि भारततले अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको छ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले अन्तिम टोलीमा २ ठूला परिवर्तन गरेका छन् । पहिलो परिवर्तनका रुपमा तीव्र गतिका बलर जसप्रीत बुमराहको रूपमा देखा पर्यो। चोटका कारण बुमराह प्रतियोगिताबाट बाहिरिएका छन् ।
उनको स्थानमा हर्षित राणालाई टोलीमा स्थान दिईएको छ । दोस्रो परिवर्तन बायाँ हाते ओपनर यशस्वी जयस्वाललाई बाहिर राखिएको छ । बुमराह चोटका कारण च्याम्पियन्स ट्रफीबाट बाहिरिएका छन् । तर जयस्वाल पूर्ण रूपमा फिट छन् । उनले इङ्गल्याण्ड विरुद्ध जारी तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेल पनि खेलेका थिए।
यसको बावजुद, उनलाई प्रतियोगिताको लागि टोलीको १५ सदस्यीय टोलीबाट हटाउँदै रिजर्भमा राखिएको छ । बीसीसीआईले जयस्वालको स्थानमा स्पिनर वरुण चक्रवर्तीलाई टोलीमा समावेश गरिएको छ।
यसअघि वरुणलाई इङ्गल्याण्ड विरुद्धको एकदिवसीय शृंखलामा पनि टिम इन्डियाभारतको हिस्सा बनाइएको थियो।
च्याम्पियन्स ट्रफीका लागि १५ सदस्यीय भारतीय टोली :
रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान), विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकीपर), ऋषभ पन्त (विकेटकीपर), हार्दिक पाण्ड्या, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, हर्षित राणा, मोहम्मद शमी, अर्शदीप सिंह, रवीन्द्र जडेजा, वरुण चक्रवर्ती।
रिजर्भयशस्वी जयस्वाल, मोहम्मद सिराज र शिवम दुबे।