सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशकी स्पिनर शोहाली अख्तरलाई ५ वर्षको प्रतिबन्ध लगाएको छ ।
सन् २०२३ को महिला टी–२० विश्वकपमा म्याच फिक्सिङमा दोषी पाईएपछि आईसीसीले उनीमाथि प्रतिबन्ध लगाएको हो । भ्रष्टाचारका कारण प्रतिबन्धित हुने शोहाली पहिलो महिला क्रिकेटर बनेकी छन् ।
अख्तरले आईसीसीको धारा २.१.१, २.१.३, २.१.४, २.४.४ र २.४.७ को उल्लङ्घन गरेको पाईएको छ । शोहालीले म्याच फिक्सिङमा आफ्नो संलग्नता स्वीकार गरेकी छन् । उनको प्रतिबन्ध फेब्रुअरी १०, २०२५ देखि फेब्रुअरी २०३० सम्म रहनेछ ।
आईसीसीका अनुसार, ’१४ फेब्रुअरी २०२३ मा अष्ट्रेलिया विरुद्धको खेल अघि शोहलीले साथी खेलाडीहरूलाई पनि म्याच फिक्सिङकालागि उक्साएको आरोप छ ।
बंगलादेशको अर्को खेल फिक्स गर्न उक्साउँदै साथी खेलाडीहरूलाई उनले भ्वाइस म्यासेज पठाएकी थिइन् ।