सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल पुलिस क्लब आहारारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडविरुद्ध १–० को जित निकाल्दै विभागिय टोली पुलिसले फाइनलमा स्थान बनाएको हो । पहिलो हाफ दुबै टोलीले बराबरी खेलेपनि दास्रो हाफमा पुलिस हावी भयो । खेलको ५८ औँ मिनेटमा सञ्जिव लामाले गोल गर्दै पुलिसलार्य जित दिलाए ।
भोली हुने दोस्रो सेमिफाइनलमा थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुनेछ ।