सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :इङ्ल्याण्ड विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज भारतले क्लिन स्वीप गरेको छ।
यसअघिका दुई खेलमा लगातार जित निकालेको भारतले तेस्रो तथा अन्तिम खेलमा इङ्लिस टोलीमाथि १४२ रनको फराकिलो जित निकाल्दै तीन खेलको एकदिवसीय सिरिज क्लिन स्वीप गरेको हो। जितका लागि भारतले दिएको ३५७ रनको लक्ष्य पछाएको इङ्ल्याण्ड ३४ दशमलव २ ओभरमा २१४ रनमा अल आउट हुन पुगेको थियो।
उसका लागि टम ब्यान्टन र गस एटकिन्सनले सर्वाधिक ३८३८ रनको योगदान गरेका थिए । बेन डकेट ३४,जो रुटले २४ तथा पिल साल्टले २३ रन बनाए ।
त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिले ब्याटिङमा तानिएको भारतले निर्धारित ओभरमा ३५६ रन बनाएको थियो।
उसका लागि शुभमन गिलले शतकीय विस्फोटक ब्याटिङ गर्दै ११२ रनको योगदान गरे। श्रेयस ऐयरले ७८ तथा विराट कोहलीले ५२ रन जोडे ।