सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :घरेलु टोली पाकिस्तान त्रिकोणात्मक अन्तर्राष्ट्रिय एकदवसीय सिरियस क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
बुधबार भएको खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै पाकिस्तान फाइनलमा प्रवेश गरेको हो। जितका लागि दक्षिण अफ्रिकाले दिएको ३५३ रनको लक्ष्य पाकिस्तानले एक ओभर बाँकी छँदै चार विकेट गुमाएर पूरा गरेको थियो।
पाकिस्तानको जितमा कप्तान मोहम्मद रिजवान र सलमान आघाले विस्फोटक ब्याटिङ गर्दै शतकीय पारी खेलेका थिए। आगाले सर्वाधिक १३४ रनको योगदान गर्दा कप्तान रिजवान १२२ रनमा नट आउट रहे । फखर जमानले ४१ तथा बाबर आजमले २३ रन बनाएका थिए ।
त्यसअघि कराँचीको नेसनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३५२ रन बनाएको थियो। उसका लागि हेनरिक केल्सनले सर्वाधिक ८७ रनको योगदान गरे । म्याथ्यू ब्रिएट्ज्केले ८३,टेम्बा बाभुमा ८२ ,रन बनाए। काइल भेरेनले अविजित ४४ रन जोडे ।
शुक्रवार हुने फाईनलमा पाकिस्तानले न्यूजल्याण्डसंग खेल्नेछ ।