सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :विश्व कप लिग टु अन्तर्गतको खेलमा शिर्ष स्थानको अमेरिका ओमानसँग पराजित भएको छ ।
बुधवार भएको खेलमा अमेरिका ओमानसँग ७ विकेटले पराजित भएको हो । जितकालागि अमेरिकाले दिएको १ सय ५२ रनको लक्ष्य ओमानले ४५. ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
ओमानको जितमा कप्तान जतिन्दर सिंहले अविजित रहँदै सर्वाधिक ८२ रनको योगदान गरे । अमिर कलिमले २८, वासिम अलिले १८ तथा हमिद मिर्जाले १२ रन जोडे। त्यसअघि ओमानको मस्कटमा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले ४२.१ ओभरमा सवै विकेट गुमाउँदै १ सय ५१ रन मात्र बनायो । उसकालागि लागि साइतेजा मुककामल्लाले सर्वाधिक ८० रन जोडे । आरोन जोन्स र मिलान्ड कुमारले समान १५,१५ रन बनाउँदा आन्द्रेस गौसले १३ रन जोडेका थिए । हारका बाबजुद अमेरिका १४ खेलमा १८ अंकका साथ शीर्ष स्थानमा छ । १६ अंकका साथ क्यानाडा दोस्रो स्थानमा रहँदा ओमान समान १६ अंकका साथ तेस्रो स्थानमा छ ।
नेपाल १२ खेलमा ६ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।