SONAM WEAR SONAM WEAR
महिला च्याम्पियनसिप

अन्जिलाको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा

शुक्रबार, फागुन २, २०८१

काठमाडौँ :फोर नेशन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटवलका लागि अन्तिम टोलीको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बिहिवार अन्जिला तुम्बापो सुब्बाको कप्तानीमा  २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । फागुन ५ गतेबाट सुरु हुने प्रतियोगितमा किर्गिज गणतन्त्र, लेबनान, म्यानमार र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

राउन्ड रोबिनका आधारमा हुने प्रतियोष्तिाका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल फागुन १४ गते हुनेछ । प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा हुनेछ । 


यस्तो छ फोर नेशन्सकालागि नेपाली महिला टोली :

गोलकिपरः अन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ । 

डिफेन्डरः अमृता जैशी, गीता राणा, विमला विक, पूजा राना, निशा ठोकर, समीक्षा घिमिरे, विमला चौधरी, मनमाया दमाई । 

मिडफिल्डरः अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, रेणुका हमाल, सुष्मा तामाङ । 

फरवार्डः सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्र भण्डारी, अनिता केसी, रेखा पौडेल । 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्