ADD FOR WEBSIDE ADD FOR WEBSIDE

महिला प्रिमियर लिग आजबाट ,बिजेताले ६ करोड पाउने

शुक्रबार, फागुन २, २०८१

काठमाडौँ :महिला प्रिमियर लिग क्रिकेट (डब्लुपिएल) को तेस्रो सिजन आजबाट भारतमा सुरु हुँदैछ ।

नेपाली समय अनुसार साँझ ७ः४५ बजे हुने खेलमा डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात जायन्ट्सबीच प्रतिस्पर्धा हुदैँछ । यी दुई टोलीबीचको खेल बडोदरा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।

२९ दिनसम्म चल्ने यस प्रतियोगितामा पाँच टोली रोयल च्यालेन्जर्स बैंगलोर, गुजरात जायन्ट्स,मुम्बई इण्डियन्स,दील्ली क्यापिटल्स र यूपी वारियर्सले सहभागिता जनाएका छन् । प्रतियोगितामा कूल २२ खेल खेलाइनेछ ।

एलिमिनेटर मार्च १३ मा मुम्बईमा हुनेछ भने फाइनल मार्च १५ मा हुनेछ । यस अघि दुई स्थानमा हुदैँ आएको खेल यसपटक चार स्थानमा खेलाईने भएको छ । पहिलो पटक लखनऊ र बडोदरामा प्रतियोगिता आयोजना हुन लागेको हो । सबै टोलीहरूले एकअर्का विरुद्ध २–२ खेल खेल्नेछन् एउटा टोलीले ८ खेल खेल्नेछ ।

विजेता टोलीले ६ करोड भारतीय रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेता टोलीले ३ करोड रुपैयाँ पुरस्कार पाउने छ ।

उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले ५–५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।  फाइनल खेलमा प्लेयर अफ द म्याचलाई २ लाख ५० हजार रुपैयाँ पाउनेछ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  ०८:१७
प्रतिक्रिया दिनुहोस्