ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए सन्यास (भिडियो सहित)

बिहीबार, जेठ ३, २०८१

एजेन्सी :भारतीय फुटबलर सुनिल क्षेत्रीले सन्यासको घोषणा गरेका छन । उनले बिहिबार समाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै अन्तर्राष्ट्रिय करियरबाट सन्यास लिने घोषणा गरेका हुन् ।

उनले जुन ६ मा कुवेतसँगको फिफा विश्वकप छनोट खेल आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल हुने बताए । भारतले सुनिल क्षेत्रीको कप्तानीमा बिश्वकप फुटवलको छनौट खेलिरहेको छ । क्षेत्रीले विश्वकप छनौट अन्तर्गत कुबेतसंगको खेल नै अन्तिम खेल हुने उल्लेख गरेका छन् । आगामी जुन ६ मा भारतले कुबेतसंग खेल्ने छ ।

यस खेलपछि उनले सन्यास लिने छन् । बिश्वकप छनौटको समूह ‘ए’ मा रहेको भारत चार अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको कतार १२ अंक सहित शिर्ष स्थानमा रहँदा कुवेत तीन अंकसहित चौथो स्थानमा छ ।

३९ वर्षीय अनुभवी भारतीय कप्तान क्षत्रीले भारतका लागि १४५ खेल खेलेका छन् । आफ्नो २० वर्ष लामो करियरमा उनले  ९३ गोल गरेका छन् । 

-सन्यासका क्रममा भावुक भए क्षेत्री :

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्