सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :च्याम्पियन्स ट्रफी २०२५ को पुरस्कार राशि दोब्बरले बढेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज घोषणा गरेको पुरस्कार राशि अघिल्लो च्याम्पियन्स ट्रफी भन्दा ५३ प्रतिशतले बढी रहेको छ । फेब्रुअरी १९ देखि पाकिस्तानमा सुरु हुनेछ च्याम्पियन्स ट्रफीको विजेताले १९ करोड ४६ लाख रुपैयाँ पुरस्कार पाउने आइसीसीले जनाएको छ । उपविजेताले ९करोड ७२ लाख रुपैया पाउनेछ ।
सेमिफाइनलमा हार्ने दुवै टोलीले ४ करोड ८६ लाख रुपैयाँ दिईनेछ । च्याम्पियन्स ट्रफीको कुल पुरस्कार राशि ५९ करोड ९३ लाख भारु रहेको छ । सन् २०१७ मा भएको प्रतियोगितामा २८ करोड ८८ लाख रुपैयाँ बजेट छुटटाईएको थियो । हाइब्रिड मोडेलमा आयोजना हुने प्रतियोगिता फेब्रुअरी १९ मा सुरु भएर मार्च ९ सम्म चल्नेछ । १९ दिनमा कूल १५ खेल खेलाइने आइसीसीले जनाएको छ । भारत र पाकिस्तान बीचको समूह चरणको खेल फेब्रुअरी २३ मा दुबईमा हुनेछ ।
दोस्रो सेमिफाइनल र फाइनलको लागि रिजर्भ डे समेत राखिएको छ । प्रतियोगितामा आठ टोली सहभागी हुनेछन् । आठ टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । समुह 'ए' मा आयोजक पाकस्तानसंगै बंगलादेश,भारत र न्यूजल्याण्ड छन् । समूह 'बी' मा अफगानिस्तान,अष्ट्रेलिया,इङग्ल्याण्ड र दक्षिण अफ्रिका छन् ।