SONAM WEAR SONAM WEAR

अष्ट्रेलिया विरुद्धको सिरिज श्रीलंकाद्वारा क्लीन स्वीप

शुक्रबार, फागुन २, २०८१

काठमाडौँ :अष्ट्रेलिया विरुद्धको एक दिवशीय सिरिज श्रीलंकाले क्लीन स्वीप गरेको छ ।

आज भएको दोस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियालाई १७४ रनले हराउँदै श्रीलंकाले सिरिज २–० लेक्लीन स्वीप गरेको हो । जितकालागि श्रीलंकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया २४.२ ओभरमा अलआउट हुँदै १०७ रनमा समेटियो । उसकालागि स्टेभन स्मीथले बनाएको २९ रन नै सर्वाधिक रह्यो । जस इङ्लिसले २२ तथा ट्राभिस हेडले १८ रन बनाएपनि अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

त्यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै २८१ रन बनाएको थियो । यसकालागि कुशल मेण्डिसले १०१ रनको शतकीय पारी खेले ।

कप्तान चारिथ आशालान्काले ७८ तथा निशान मधुस्काले ५१ रन बनाए । यसअघि भएको पहिलो खेलमा श्रीलंका ४९ रनले विजयी भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्