सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :विश्व कप लिग टु अन्तर्गतको खेलमा अमेरिकाले नामिबियालाई हराएको छ ।
आज भएको खेलमा नामिबियालाई ७० रनले हराउँदै शिर्ष स्थानको अमेरिकाले दशौँ जित निकालेको हो । जितकालागि अमेरिकाले दिएको २ सय ६९ लक्ष्य पछ्याएको नामिबिया ४३.३ ओभरमा सवै विकेट गुमाउँदै १ सय ९८ रनमा समेटियो ।
उसकालागि जान ग्रिनले सर्वाधिक ६५ तथा रुवेन ट्रम्पलम्यानले ५५ रनको योगदान गरे । जान निकोल लफ्टी इटनले २८, जीन–इजाक डे भिलियर्सले १४ ,कप्तान जेर्राड एरास्मस ११ तथा मलान कु्रजर १२ रन जोडे ।
त्यसअघि ओमानको मस्कटमा टस हारेर पहिले ब्याटिङमा तानिएको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएको थियो । उसकालागि आन्द्रेस गौसले सर्वाधिक ८३ रन बनाए । कप्तान मोनांक पटेलले ५३ रन जोडे । जितसँगै अमेरिकाले १५ खेलबाट २० अंक जोड्दै शिर्ष स्थानमा यथावत छ ।
समान खेल खेलेको नामिबिया१२ अंकका साथ छैठौं स्थानमा छ ।