SONAM WEAR SONAM WEAR

पाकिस्तानलाई हराउँदै न्यूजल्यान्डलाई एक दिवशीय सिरिज

शनिबार, फागुन ३, २०८१

काठमाडौँ : त्रिकोणात्मक अन्तर्राष्ट्रिय एकदवसीय सिरिजको उपाधि न्यूजल्यान्डले हात पारेको छ ।

शुक्रबार राति भएको फाइनल खेलमा घरेलु टोली पाकिस्तानलाई ५ विकेटले हराउँदै सिरिजको उपाधि हात पारेको हो । जितका लागि पाकिस्तानले दिएको २४३ रनको लक्ष्य न्युजल्याण्डले २८ बल अगावै मात्र ५ विकेटको क्षतिमा पुरा गरेको थियो ।

न्यूजल्याण्डको जितमा ड्यारेल मिचेलले सर्वाधिक ५७ रनको योगदान गरे । टम लाथमले ५६ तथा  डेभन कन्वे ४८ रन जोडेका थिए । बलिङतर्फ नासिम शाहले दुई तथा साहिन साह अफ्रिदी, अब्रार अहमद अहमद र सलमान आघाले एक एक विकेट लिए ।

pk-1739587516.jpg

त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस जितेर ब्याटिङ थालेको पाकिस्तान ४९.३ नम्बरमा अलआउट हुँर्दै  २४२ रनमा समेटिएको थियो । पाकिस्तानका लागि कप्तान मोहम्मद रिजवानले सर्वाधिक ४६ रनको योगदान गरे । सलमान आघाले ४५ ,तैयव तहिरले ३८ तथा बावर आजमले २९ रन जोडेका थिए ।

पाकिस्तान दक्षिण अफ्रिका र न्युजिल्यान्ड सहभागी सिरिजमा न्युजिल्याण्डले अपराजित रहँदै उपाधि जितेको हो ।
 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्