SONAM WEAR SONAM WEAR

आहारारा गोल्डकप :सातौँ पटक उपाधि जित्ने दाउमा पुलिस

शनिबार, फागुन ३, २०८१

पोखरा :आहारारा गोल्डकप फुटबलको उपाधिको छिनोफानो आज हुँदैछ ।

पोखरा रङ्गशालामा दिउँसो २ बजे शुरू हुने फाइनलमा  उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र विभागिय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो । यसअघि ६ पटक उपाधि जितीसकेको पुलिस सात पटक च्याम्पियन बन्दै नयाँ इतिहास बनाउने योजनामा छ । पहिलो पटक नेपाल आएको उज्वेकिस्तानको ब्ल्याक बुल्स पनि उपाधि जित्ने मनस्थितमा हुनेछ ।

ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलअजिज निशानबाएभले टोलीले उत्कृष्ट प्रदर्शन गर्ने बताउँदै उपाधि जित्ने बताएका छन् । सेमिफाइनलमा ए डिभिजन विजेता चर्च ब्वाइजलाई १–० ले हराएर पुलिसले फाइनलमा स्थान बनाएको हो ।

 बुल्सले पाँच पटकको विजेता थ्री स्टारलाई ४–० ले पाखा लगाउँदै फाइनल पुगेको हो । प्रतियोगिताको उपाधि विजेताले १२ लाख एक हजार रुपैयाँ तथा उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले बताएको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्