SONAM WEAR SONAM WEAR

इङलिस प्रिमियर लिगमा आज सात खेलहरू हुदैँ

शनिबार, फागुन ३, २०८१

काठमाडौँ :इङलिस प्रिमियर लिग फुटबलमा आज विभिन्न सात खेलहरू हुने भएका छन् ।

आज हुने पहिलो खेलमा लेस्टर सिटी र आर्सनल बीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो स्थानको आर्सनल लेस्टर सिटीलाई हराउँदै शिर्ष स्थानको लिभरपुलसँगको अङ्क दुरी घटाउने योजनामा हुनेछ । १८ औँ स्थानमा रहेको लेस्टर सिटी आर्सनललाई हराउँदै रेलिगेसन जोनबाट माथि उठ्न चाहन्छ  । यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे हुनेछ ।

राति पौने ९ बजे अन्य पाँच खेलहरू हुदैँछन् । वेस्टह्याम र ब्रेन्डफोर्ड ,साउथह्यामपन्टन र बर्नमाउथ,एस्टन भिल्ला र लेप्सविच टाउनबीच प्रतिस्पर्धा हुदैछ । सोही समयमा  म्यान्चेस्टर सिटी र न्युक्यासल तथा पुलह्याम र नटिघंम फरेस्टबीच पनि प्रतिस्पर्धा हुदैछ ।

राती ११:१५ बजे हुने अन्तिम खेलमा क्रिष्टल प्यालेस र एभर्टनबीच प्रतिस्पर्धा हुनेछ । जारी लिगमा २४ खेलमा १७ मा जित ६ मा हार र एकमा बराबरीसहित ५७ अंक जाडेकोे लिभरपुल शिर्ष स्थानमा छ ।

५० अंकको आर्सनल दोस्रो , ४७ अंकको नटिघंम तेस्रो,४३ अंकको चेल्सी चौथो तथा ४१ अंकको म्यान्चेस्टर सीटी पाँचौ स्थानमा छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ०९:२०
प्रतिक्रिया दिनुहोस्