SONAM WEAR SONAM WEAR

खुला फुल कन्ट्याक्ट अतेमी कियोकुशिन कराते सुरु

शनिबार, फागुन ३, २०८१

काठमाडौँ :नवौँ राष्ट्रिय पुरुष-महिला खुला फुल कन्ट्याक्ट अतेमी कियोकुशिन कराते प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । १५ विधागत खेलहरूमा १३३ खेलाडीहरूले सहभागिता जनाएका छन् ।

 प्रतियोगितामा प्रथम हुनेले ३ हजार रुपैयाँ हात पार्नेछ । द्वितीय हुनेले २ हजार तथा तृतीय हुनेले १ हजार रुपैयाँ पाउनेछन् ।
 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्