सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :फोर नेशसन्स कप अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको खेल समय परिवर्तन भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज एक विज्ञप्ति जारी गर्दै खेल समय परिवर्तन भएको जानकारी गराएको हो । नयाँ समय अनुसार अब दिउँसो २ बजे र बेलुकी ६ बजे खेल हुने एन्फाले जनाएको छ ।
यसअघि दिउँसो साढे १ बजे र बेलुकी साढे ५ बजे खेल हुने तय गरिएको थियो । सोमवार दिउँसो २ बजे हुने उद्घाटन खेलमा म्यानमार र लेबनानबीच प्रतिस्पर्धा हुने छ ।
पर्सी सोमवार नै साँझ ६ बजे हुने दोस्रो खेलमा नेपालले किर्गिस्तानसंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा आयोजक नेपालसंगै म्यानमार, लेबनान र किर्गिस्तान छन् ।
सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल फागुन १४ गते हुनेछ ।