ADD FOR WEBSIDE ADD FOR WEBSIDE

मेयर कपमा एपिएफ अपराजित 

बिहीबार, जेठ ३, २०८१

काठमाडौँ :सशस्त्र प्रहरीको एपिएफ क्लब ललितपुर मेयर कप टि–२० महिला क्रिकेटमा अपराजित बनेको छ ।बिहिबार भएको चौथो खेलमा सुदुरपश्चम प्रदशेलाई ३ विकेटले हराउँदै अपराजित यात्रा कायमै राखेको हो ।

जितकालागि सुदुरपश्चिमले दिएको ११२ रनको लक्ष्य एपिएफले २ बल बाँकी छँदै ७ विकेटको क्षतीमा भेट्टायो । एपिएफको जितमा ममता चौधरीले नटआउट सर्बाधिक ३२ रनको योगदान गरिन् ।

रोमा थापाले २३ तथा सरीता मगरले १९ रन जोडिन् । त्यसअघि त्रिव क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङ थालेको सुदुर पश्चिमले निर्धारित ओभरमा ५ विकेट गुमाएर १११ रन बनाएको थियो । बुधबार भएको खेलमा ललितपुर –११ लाई ८ विकेटले पराजित गर्दै एपिएफले एक खेल अगावै फाईनलमा स्थान सुरक्षित गरिसकेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्