सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
पोखरा :आहा रारा गोल्डकप फुटबलको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले हात पारेको छ ।
पोखरा रंगशालामा आज भएको फाइनलमा ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्ल्याक बुल्स पहिलो सह-भागितामै च्याम्यिन बनेको हो । ब्ल्याक बुल्सको जितमा कप्तान जाखोनगिर अख्मादोभ, असिलबेक ओरिफजोनोभ र साभकातजोन सात्तोरोभले गोल गरे । पुलिसकालागि शिशिर चौधरीले सान्त्वना गोल फर्काए ।
उपाधिसंगै ब्ल्याक बुल्सले १२ लाख एक हजार रुपैयाँ हात पारेको छ भने उपविजेता पुलिसले छ लाख एक हजार रुपैयाँमा चित्त बुझाएको छ ।