सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : महिला प्रिमियर लिग (डब्लुपीएल) मा दिल्ली क्यापिटल्सले रोमाञ्जक जित निकालेको छ ।
शनिवार भएको खेलमा दिल्लीले मुम्बई इन्डियन्सबिरुद्ध २ विकेटको रोमाञ्चक जित निकालेको हो । जितकालागि मुम्बईले दिएको १६५ रनको लक्ष्य दिल्लीले अन्तिम बलमा २ रन बनाउँदै जित निकालेको हो । दिल्लीको जितमा शफाली वर्माले सर्वाधिक ४३ रनको योगदान गरिन् । निक्की प्रसादले ३५ तथा एलिस क्याप्सीले १६ रन जोडिन् ।
त्यसअघि बडोदराको कोटाम्बी रंगशालामा टस हारेर पहिले ब्याटिङमा तानिएको मुम्वई १९.१ ओभरमा १६४ रनमा अलआउट भयो । मुम्बईका लागि नेटली सिभर ब्रन्टले ८० रन बनाइए पनि त्यो स्कोर उनको टोलीलाई जिताउन पर्याप्त भएन । मुम्बईले पावरप्लेमा दुई विकेट गुमाएको थियो । यास्तिका भाटिया ११ रन बनाएर आउट भइन् भने हेली म्याथ्यूज खाता नखोलीकनै आउट भइन् ।
जितसंगै दिल्ली क्यापिटल्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।