सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : ओमार मार्मोसको ह्याट्रिक गोलसंगै इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ ।
गएराति भएको खेलमा सिटीले न्युक्यासलविरुद्ध ४–० को जित दर्ता गरेको हो । सिटीका लागि ओमार मार्मोसले ह्याट्रिक पुरा गरे । इत्तिहाद मैदानमा २६ वर्षीय ओमारले खेलको १९, २४ र ३३औं मिनेटमा गोल गरेका हुन् ।
पहिलो हाफमै ३–० को अग्रता सिटीले दबाब बनाएको थियो । खेलको दोस्रो हाफमा जेम्स म्याकिटीले गोल गर्दै सिटीको ४–० जितको सुनिश्चित गराए । न्यूक्यासलले इतिहाद स्टेडियममा पछिल्ला ६ खेलमा एक गोलसमेत गर्न सकेका छैन् ।
गएराति नै भएका अन्य खेलमा आर्सनलले अन्तिम १० मिनेटमा २ गोल गर्दा उपाधि होड कायम राख्यो । आर्सनलले लेस्टर सिटीलाई २–० ले हराउँदा मिकेल मेरिनोले दुबै गोल गरेका थिए । त्यस्तै एस्टन भिल्ला र इप्सविच टाउनले १–१ गोलको बराबरी खेल्दा फुलह्यामले नटिंघम फरेस्टलाई २–१ ले हरायो ।
त्यस्तै बोर्नमाउथले साउथ ह्याम्टनमाथि ३–१ को जित निकाल्दा ब्रेन्टफर्डले वेस्टह्यामलाई १–० ले पराजित गरेको छ । प्रिमियर लिगअन्तर्गत गएराति नै भएको खेलमा एभर्टनले क्रिस्टल प्यालेसलाई २–१ गोलले पराजित गर्यो ।