SONAM WEAR SONAM WEAR

नेपाली टोली तयारी अबस्थामा छ : प्रशिक्षक तामाङ

आइतबार, फागुन ४, २०८१

काठमाडौँ :नेपाली महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले फोर नेशन्स कप अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाली टोली तयारी अबस्थामा रहेको बताएका छन् ।

भोलीबाट सुरु हुने प्रतियोगिताको पूर्वसन्ध्यामा आज आयोजित पक्रकार सम्मेलनमा बोल्दै तामाङले नेपाली टोली तयारी अबस्थामा रहेको बताएका हुन् । नेपाली टोलीकी साबित्री भण्डारी साम्बा बाहेक अन्य खेलाडीहरु नेपाल आईसेकेको तामाङले बताएका छन् । नेपाली टोलीका कप्तान एन्जिला तुम्वाफो सुब्बाले पनि जित्ने लक्ष्यकासाथ मैदान उत्रने बताएकी छन् । उनले बोलेर भन्दा पनि मैदानमा प्रमाणित गर्ने गरी खेल्ने बताएकी हुन् ।

प्रतियोगितामा आयोजक नेपालसहित म्यानमार, किर्गिस्तान र लेवनान गरी ४ वटा देशको सहभागिता रहने छ । भोली हुने उद्धद्घाटन खेलमा म्यान्मार र लेवनाबीच प्रतिस्पर्धा हुनेछ ।

भोलीनै साँझ ६ बजे हुने खेलमा नेपालले किर्गिस्तानसंग खेल्नेछ । प्रतियोगिता  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । 
 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्