SONAM WEAR SONAM WEAR

ओमान विश्वकप लिग टु को दोस्रो स्थानमा

आइतबार, फागुन ४, २०८१

काठमाडौँ :नामिवियालाई हराउँदै ओमान आइसीसी विश्वकप लिग टु को दोस्रो स्थानमा उक्लिएको छ ।

आज भएको खेलमा नामिवियाविरुद्ध २ विकेटको जित दर्ता गर्दै ओमान शिर्ष दुईमा पुगेको हो । जितकालागि नामिवियाले दिएको ९७ रनको झिनो लक्ष्य ओमानले २२.४ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो । ओमानकालागि आमिर कलिमले सर्वाधिक २१ रनको योगदान गरे । विनायक शुक्लाले १८ तथा कप्तान जितेन्द्र सिंले १४ रन बनाए ।

त्यस अघि ओमानको अलअमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नामिबिया ३३.१ ओभरमा अलआउट हुँदै ९६ रनमा समेटियो । उसकालागि जान निकोल लोफ्टी इटानले सर्वाधिक ३० रनको याृगदान गरे । कप्तान जिरार्ड इरास्मसले १५ तथा रुबिन ट्रम्पलम्यानले १४ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

जितसंगै दोस्रो स्थानको ओमानले १८ अंक जोडेको छ । २० अंक सहित अमेरिका शिर्ष स्थानमा छ । १६ अंकको क्यानाडा तेस्रो तथा १४ अंकको नेदरल्याण्डस् चौथो स्थानमा छ । 
 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  २०:०९
प्रतिक्रिया दिनुहोस्