SONAM WEAR SONAM WEAR

महिला च्याम्पियनसिप आजबाट,साम्बालाई विश्राम

सोमबार, फागुन ५, २०८१

काठमाडौँ : फोर नेशन्स महिला च्याम्पियनसिप फुटबल आजबाट सुरु हुदैँछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजे हुने उद्धघाटन खेलमा म्यानमार र लेबनानबीच प्रतिस्पर्धा हुनेछ । आज साँझ ६ बजे हुने अर्को खेलमा नेपालले किर्गिस्तानको सामाना गर्नेछ । आजको खेलमा  स्ट्राइकर साबित्रा भण्डारी 'साम्बा'भने नेपाली टोलीसँग उपलब्ध हुने छैनन् ।  

फ्रान्सबाट उनी आजनै नेपाल फर्कने भएकाले साम्बालाई बिश्राम दिईने राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तमाङले बताए । खेल अघिको प्रि–म्याच कन्फेरेन्समा बोल्दै तामाङले च्याम्पियनसिपका लागि नेपाली टोली तयार अबस्थामा रहेको पनि बताएका छन् ।

प्रतिद्वन्द्वी किर्गिस्तान बलियो रहे पनि निश्चित योजना बनाएर उत्रने योजना तामाङको छ । चार देश सम्मिलित प्रतियोगितामा घरेलु टोेली नेपालसंगै म्यानमार, लेबनान र किर्गिस्तान सहभागि छन् ।

प्रतियोगितामा भाग लिन सवै टोली नेपाल आईसकेका छन् । उनीहरुले आइतबारदेखि अभ्यास समेत थालेका छन् । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रतियोगिताका लागि टिकट दर साधारण प्यारापिटतर्फ पाँच सय रूपैयाँ र भिआइपीतर्फ एक हजार रूपैयाँ तोकिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  ०६:००
प्रतिक्रिया दिनुहोस्