SONAM WEAR SONAM WEAR

लिभरपुलले वुल्भ्सलाई सहजै हरायो

आइतबार, फागुन ४, २०८१

काठमाडौँ : इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले वुल्भ्सलाई हराएको छ ।

आइतबार राति भएको खेलमा वुल्भ्सविरुद्ध २–१ को जित निकालेको हो । खेलको १५ औँ मिनेटमा लुईस डियाजको गोलबाट लिभरपुलले अग्रता बनाएको थियो । ३५ औँ मिनेटमा मोहम्द सलाहले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए । वुल्भ्सकालागि खेलको ६७ औँ मिनेटमा म्याथ्यूस कुन्हाले एक गोल फर्काए ।

१८ औँ जित निकालेको लिभरपुलले शीर्ष स्थानमा कायम रहँदै ६० अंक जोडेको छ । दोस्रो स्थानको आर्सनलको ५३ अंक छ ।

मोहम्मद सलाह खेलको म्यान अफ दि म्याच घोषित भए । 
 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  २२:४६
प्रतिक्रिया दिनुहोस्