SONAM WEAR SONAM WEAR

रोहित शर्माको कप्तान पद धरापमा 

सोमबार, फागुन ५, २०८१

काठमाडौँ : भारती टोलीका रोहित शर्माको कप्तान पद धरापमा परेको छ ।

अष्ट्रेलिया विरुद्धको बोर्डर–गावस्कर ट्रफीमा रोहित शर्मा फ्लप देखिएपछि उनको बिकल्पकाबारेमा प्रश्न उठिरहेको छ । त्यसतबेला उनले ३१ रन मात्र बनाउन सकेका थिए । भारतीय सञ्चारमाध्यमहरुका अनुसार रोहित शर्मा चाँडै नै भारतीय टेस्ट टोलीबाट बाहिरिन सक्छन् । यदि रोहित शर्मालाई हटाइयो भने, भारतीय टेस्ट टोलीको कप्तानी कसले पाउलान त ? यो बिषय अहिले चासोको रुपमा हेरिएको छ । टेस्ट कप्तानीको दौडमा रोहित शर्मापछि जसप्रीत बुमराह र विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त रहेका छन् । 


जसप्रीत बुमराह र ऋषभ पन्तमध्ये प्राथमिकता कस्लाई ?
अब प्रश्न यो छ कि भारतीय टेस्ट टोलीको कप्तान कसलाई छानिनेछ? जसप्रीत बुमराह र ऋषभ पन्तमध्ये कसलाई प्राथमिकता दिइनेछ?

मिडिया रिपोर्टका अनुसार भारतीय टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीर जसप्रीत बुमराहलाई कप्तानी दिन चाहन्छन् । साथै, यशस्वी जयस्वाललाई उपकप्तान बनाउनु पर्छ भन्ने लाईनमा उनी छन् ।

बुमराहले भारतीय टेस्ट टोलीको कप्तानी पाउन सक्छन्, तर एकदिवसीय ढाँचामा रोहित शर्मा पछि के हुनेछ भन्ने खुलाईएको छैन । 
 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्