ADD FOR WEBSIDE ADD FOR WEBSIDE

ललितपुर मेयर्स कप : कोशीद्धारा ललितपुर मेयर्स ६ विकेटले पराजित

बिहीबार, जेठ ३, २०८१


काठमाडौँ : ललितपुर मेयर्स कपमा कोशी प्रदेशले ललितपुर मेयर्स ११ लाई ६ विकेटले पराजित गरेको छ । 
जितका लागि ८९ रनको लक्ष्य पाएको कोशीले दुइ ओभर बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टायो । 
कोशीका लालि काजल श्रेष्ठले सर्वाधिक ३६ रन जोड्दै नट आउट रहिन् । टिका शाहले २५ रन बनाउँदा प्रिन्सा मगरले ७,  अप्सरी बेगमले ७ तथा संगिता राई ४ रनमा अविजित रहिन् । 
बलिङतर्फ ललिपुरकी कृतिका मरासिनीले तीन तथा सरस्वती कुमारीले एक विकेट लिइन् ।
त्यसअघि त्रिवि क्रिकेट मैदनमा टस जितेर शुरुवाती व्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८८ रन बनाएको थियो । 
ललितपुका लागि आस्मा पुलामी मगरले सर्वाधिक २६ रन जोड्दै अविजित रहिन् । किरण कुँवरले १३ सन जोड्दा, अलिसा यादव, श्रृष्टि जैशी र पुजा महतोले समान ८/८ रनको योगदान गरेका छन् । 
बलिङतर्फ अप्सरी बेगमले तीन, अलिसा खाडियाले दुइ तथा सबनम राई र हिरनमायी रोयले समान एक एक विकेट लिए  । 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्