सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :महिला प्रिमियर लिग डब्लुपिएलमा गुजरात जायन्ट्सले पहिलो जित निकालेको छ ।
आइतवार राती भएको खेलमा युपी वारियर्सलाई ६ विकेटले पराजित गर्दै गुजरातले पहिलो जित दर्ता गरेको हो । वडोदराको कोटाम्बी रंगशालामा खेलिएको यस खेलमा उत्तर प्रदेशले पहिले ब्याटिङ गर्दै १४३ रन बनाएको थियो।
जवाफमा, गुजरातको टोलीले १२ बल बाँकी रहँदा ६ विकेटले खेल जितेको हो । गुजरातको जितमा कप्तान एश्ले गार्डनरले सबैभन्दा ठूलो र महत्त्वपूर्ण योगदान गरिन् । उनले ५२ रन योगदान गरे भने बलिङमा पनि २ विकेट लिए ।
१४४ रनको लक्ष्य पछ्याएको गुजरात जायन्ट्सको सुरुवात भने निकै खराब रह्यो । बेथ मुनी र दयालन हेमलताले २ रनको स्कोरमा आफ्नो विकेट गुमाएका थिए । तर यसपछि लौरा वोल्वाड्र्टले कप्तान एश्ली गार्डनरलाई राम्रो साझेदारी गरिन् । गुजरातको घातक बलिङको अगाडि, यूपी वारियर्सले ७८ रनको स्कोरसम्म ५ विकेट गुमायो ।
कप्तान दीप्ती शर्मा र उमा क्षेत्रीको २४ रनको पारीको मद्दतले युपी टोलीले १४३ रनको स्कोर बनाएको थियो ।