SONAM WEAR SONAM WEAR

महिला फुटबलमा म्यानमारको विजयी सुरुवात

सोमबार, फागुन ५, २०८१

काठमाडौँ :फोर नेशन्स कप अन्तर्राष्ट्रिय महिला फुटबलमा म्यानमारले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको उद्धघाटन खेलमा म्यानमारले लेबनान विरुद्ध ३–१ को जित निकालेको हो । म्यानमारको जितमा कप्तान विन थिङ्गे टुन,सान थउ थउ र श्वे वि टुनले एक–एक गोल गरिन् ।

लेबनानका लागि लिला इस्कान्डारले एक गोल गरिन् । जितसँगै म्यानमारले तीन अंक जोडेको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १७:३०
प्रतिक्रिया दिनुहोस्