SONAM WEAR SONAM WEAR

अन्तर सदस्यीय टेनिस प्रतियोगिता सम्पन्न

सोमबार, फागुन ५, २०८१

काठमाडौँ :अन्तर सदस्यीय टेनिस प्रतियोगिताको खुल्ला एकल स्पर्धामा प्रमुख सेनानी देव वहादुर क्षेत्री प्रथम भएका छन् ।

सेना दिवस २०८१ को उपलक्ष्यमा त्रिभुवन आर्मी अफिसर्स क्लबद्वारा जङ्गी अड्डामा आयोजित प्रतियोगितामा खुल्ला युगलतर्फ मानार्थ उपरथी सागर बहादुर केसी र प्रमुख सेनानी देव बहादुर क्षेत्रीको जोडी प्रथम हुन सफल भएका छन् । कुल ६५ जना खेलाडीहरू सहभागी रहेको प्रतियोगितामा बहालवालातर्फ ज्येष्ठ खेलाडी बलाध्यक्ष रथी प्रदीप जंग के.सी. थीए भने प्रतियोगिता कै ज्येष्ठ खेलाडीमा उपरथी दिल बहादुर कार्की (अवकाश प्राप्त) हुनुहुन्थ्यो । उनको उमेर ८४ बर्ष रहेको छ ।

माघ २७ गतेबाट जङ्गी अड्डामा सञ्चालन भएको उक्त प्रतियोगिताको समापन समारोहमा बलाधिकृत, बलाध्यक्ष, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द र अधिकृतहरूको उपस्थिति थियो । रोयल सुपरभेट्रान प्रमुख सेनानी इन्द्र बहादुर कार्की प्रथम हुँदा सिनियर सुपर भेट्रानमा मानार्थ उपरथी प्रकास सिं बोगटी पहिलो भए ।

सुपर भेट्रान एकलतर्फ महासेनानी प्रदिप बहादुर शाह प्रथम भए । सुपर भेट्रान युगलतर्फ उपरथि  नरेन्द्र रावल र प्राविधिक उपरथी डाक्टर शसी राईको जोडी प्रथम भयो । भेट्रान युगलतर्फ मानार्थ उपरथी सागर बहादुर केसी र सहायक रथी राम राणाको जोडी पहिलो बन्यो ।

भेट्रान एकलतर्फ  प्रमुख सेनानी नकुल थापा प्रथम भएका छन् ।
 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्