SONAM WEAR SONAM WEAR

किर्गिस्तानविरुद्ध नेपाललाई अग्रता 

सोमबार, फागुन ५, २०८१

काठमाडौँ :फोर नेशन्स कप अन्तर्राष्ट्रिय महिला फुटबलमा किर्गिस्तानविरुद्ध नेपालले अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले १–० को अग्रता बनाएको हो । खेलको १० औँ मिनेटमा सबिता राना मगरको पासमा बिमला चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

नेपाली टोलीले किर्गिस्तानलाई निकै दबाबमा राखेको छ । नेपालले पहिलो गोल गरेपछि पाएको दुई ओटा मौकाको सदुपयोग गर्न सकेन ।

किर्गिस्तानविरुद्धको खेलमा सावित्री भण्डारी उपलब्ध छैनन र उनी आज बिहान मात्रै नेपाल आईपुगेकाले उनलाई प्रशिक्षक राजेन्द्र तामाङले आराम दिएका छन् । 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्