SONAM WEAR SONAM WEAR

चर्च व्वाइज बागमती गोल्डकपको सेमिफाइनलमा 

मंगलबार, फागुन ६, २०८१

काठमाडौँ :बिभागिय टोली त्रिभुवन आर्मीलाई हराउँदै चर्च व्वाइज युनाइटेड सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सहिद स्मृति रंगशालामा सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा टाइब्रेकरमा आर्मीलाइ ५–४ गोलले हराउँदै चर्च व्वाइलजले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।  निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । चर्च व्वाइज प्रतियोगितामा नयाँ टोलि हो ।

चर्च व्वाइजको लागि टाइब्रेकरमा विदेशी खेलाडी, अर्मान विडम,सुमित श्रेष्ठ, दिपेश गुरुङ, सुजल डंगोल र विदेशी खेलाडी अनयोमीले गोल गरे । यस्तै आर्मीका लागि विमल पाण्डे,फत्तेमान घले, जर्ज प्रिन्स कार्की र जिलेस्पी जंग कार्कीले गोल गरे भने नरेश खत्रीको प्रहार चर्च व्वाइजका गोलरक्षक टेकेन्द्र सिं थापाले रोके ।

खेलको म्यान अफ द म्याच गोलरक्षक थापा घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।  आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने  प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्