सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : महिला प्रिमियर लिग (डब्लुपिएल)मा डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलोरले लगातार दोस्रो जित निकालेको छ ।
सोमवार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध ८ विकेटको जित निकाल्दै लगातार दोस्रो जित निकालेको हो । जितकालागि दिल्लीले दिएको १४२ रनको लक्ष्य बैंगलोरले २२ बल बाँकी छँदै २ विकेटको क्षतिमा पूरा गर्यो । बैंगलोरको जितमा कप्तान स्मृति मन्धनाले सर्वाधिक ८१ रनको योगदान गरिन् । ड्यानी व्याट–हजले ४२ रन बनाइन् ।
त्यसअघि काटाम्बी मैदान बडोरामा टस हारेर पहिले ब्याटिङमा तानिएको दिल्लीले १९.३ ओभरमा सवै विकेट गुमाउँदै १४१ रन बनाएको थियो । जेमिमा रोड्रिग्सले सर्वाधिक ३४ रन जोडिन् । सारा ब्राइसले २३ तथा अन्नाबेल सदरल्याण्डले १९ रन बनाइन् ।
जितसंगै बैंगलोर ४ अंक सहित शिर्ष स्थानमा छ ।