सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसिसी विश्वकप लिग टु अन्तर्गतको खेलमा आज अमेरिका र ओमान बीच प्रतिस्पर्धा हुँदैछ ।
यी दुई टोली बीचको खेल ओमानको अल अमिरात स्टेडियममा नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ । लिगको दोस्रो स्थानमा रहेको ओमान आज अमेरिकालाई हराउँदै शीर्ष स्थानमा पुग्ने दाउमा हुनेछ भने शीर्ष स्थानमा रहेको अमेरिका ओमानसँगको अङ्क दुरी बढाउने योजनामा छ ।
लिग टु : को तालिकामा १५ खेलबाट २० अङ्कसहित अमेरिका शीर्ष स्थानमा छ । समान खेल खेलेको ओमान १८ अंक सहित दोस्रो स्थानमा रहँदा १२ खेल खेलेको क्यानाडा १६ अंक सहित तेस्रो स्थानमा छ ।
नेदरल्यान्डस् १४ अंक सहित चौथो स्थानमा रहँदा ११ खेलबाट १४ अंक सहित स्कटल्यान्ड पाँचौं स्थानमा छ । १६ खेलबाट १२ अङ्क सहित नामिविया छैठौं स्थानमा रहँदा ५ अंकसहित नेपाल सातौं तथा युएइ अंकतालिकाको पुछारमा छ ।