सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :स्पेनी ला लिगाको उपाधि होड रोमाञ्चक अबस्थामा पुगेको छ ।
सोमवार भएको खेलमा रायो भालेकानोलाई १–० ले पराजित गर्दै बार्सिलोना अंक तालिकाको शीर्षमा उक्लिएपछि उपाधि होड रोमाञ्चक बनेको हो । बार्सिलोनाको जितमा रोबर्ट लेवनडोस्कीले पेनाल्टीबाट गरेको एक मात्र गोल निर्णायक बन्यो ।
तीन साता अघिसम्म लिगको शीर्ष स्थानबाट सात अंक टाढा रहेको बार्सिलोना सन् २०२५ लागेयता १२ खेलमा अपराजित छ ।
लयमा रहेको रायोको भने १० खेलको अपराजित यात्रा टुङ्गिएको छ । यही प्रदर्शनका कारण टिम लिग तालिकाको छैटौँ स्थानमा छ । शीर्षमा बार्सिलोनाको २४ खेलबाट ५१ अंक छ ।
रियल म्याड्रिडको पनि समान ५१ अंक नै छ ।